क्रिकेट अम्पायर भास्कर अर्यालको निधन
Prime TV News २ दिन अगाडि 
काठमाडौ । क्रिकेट अम्पायर भास्कर अर्यालको आइतबार बिहान निधन भएको छ।
विराटनगर–४ निवासी ४६ वर्षीय अर्याल करिब एक महिनादेखि जन्डिस रोगबाट पीडित थिए। उपचारका क्रममा दुई सातासम्म अस्पतालमा राखिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई घर फर्काइएको थियो।
घर फर्किएको एक सातापछि आइतबार बिहान उनको निधन भएको हो। अर्याल करिब दुई दशकदेखि अम्पायरको भूमिकामा सक्रिय थिए। उनले स्थानीयदेखि राष्ट्रियस्तरसम्मका क्रिकेट प्रतियोगितामा अम्पायरिङ गर्दै नेपाली क्रिकेटमा योगदान दिएका थिए।
उनी लेभल वान अम्पायर थिए। उनको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान)ले दुःख व्यक्त गरेको छ।







