कांग्रेसमा सबैलाई समेटेर अघि बढ्न तयार छुः सभापति थापा
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसमा सबै पक्षका नेताहरूलाई समेटेर अघि बढ्न आफू तयार रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले १४औँ महाधिवेशनबाट निर्वाचित भएर पनि बाहिर रहेका नेताहरूलाई पार्टीका विभिन्न समितिमा ल्याउन चाहेको बताएका हुन्। थापाले केन्द्रीय समिति, निर्वाचन समिति, सदस्यता छानबिन समिति र अनुशासन समितिमा समेत सबै पक्षका नेताहरूलाई सहभागी गराउने प्रस्ताव राखेका छन्।
उनले १५औँ महाधिवेशनलाई पारदर्शी र निष्पक्ष बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कसैमाथि विभेद नगर्ने पनि उनले बताएका छन्। पार्टीभित्र सबैलाई समान अवसर दिनुपर्ने उनको भनाइ थियो।
थापाले आफ्ना प्रस्तावबारे इतर पक्षका नेताहरूसँग पनि छलफल गरिरहेको बताएका छन्।







