जन्मकैद सजाय पाएकी महिला सुन्धारा कारागारबाट फरार
Prime TV News एक दिन अगाडि 
काठमाडौ । सुन्धारा जेलबाट जन्मकैदको सजाय भोगिरहेकी एक महिला फरार भएकी छन्। फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ रहेको कारागार प्रशासनले जनाएको छ।
कारागारका अनुसार उनी शुक्रबार राति करिब १ बजे पर्खाल नाघेर भागेकी हुन्। भुइँमा केही सामग्री राखेर उनी कारागारबाट बाहिर निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सपना तामाङ चोरी र कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेकी थिइन्।
यसअघि पनि जेनजी आन्दोलनका बेला उनी कारागारबाट फरार भएकी थिइन्। त्यसपछि प्रहरीले उनलाई दुई महिनापछि पक्राउ गरेको थियो। घटनापछि कारागार प्रशासन र प्रहरीले अनुसन्धान सुरु गरेका छन्। फरार तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ।







