कुवेत एयरवेजले काठमाडौ उडान पुनः सुरु गर्ने

User Image Prime TV News २ दिन अगाडि
Image of कुवेत एयरवेजले काठमाडौ उडान पुनः सुरु गर्ने

काठमाडौ । कुवेत एयरवेजले कुवेत–काठमाडौं–कुवेत रुटमा उडान पुनः सुरु गर्ने भएको छ।

कम्पनीका अनुसार अब हप्तामा दुई पटक उडान सञ्चालन गरिनेछ। पश्चिम एसियामा भएको युद्धका कारण यसअघि यो उडान सेवा रोकिएको थियो। अब अवस्था सामान्य हुँदै गएपछि सेवा पुनः सुरु गर्न लागिएको बताइएको छ।

कम्पनीका अनुसार अब मंगलबार र बिहीबार उडान हुनेछन्। कुवेत एयरवेजको वेबसाइटअनुसार काठमाडौं–कुवेत रुटको एकतर्फी भाडा न्यूनतम ९११ अमेरिकी डलर (झण्डै १ लाख ४० हजार रुपैयाँ) तोकिएको छ।

कुवेत नेपाली कामदार धेरै जाने प्रमुख गन्तव्य देशमध्ये एक हो। यस रुटमा पहिले कुवेत एयरवेज र जजिरा एयरवेजले नियमित उडान गर्दै आएका थिए। तर पश्चिम एसियामा भएको युद्धका कारण उडान सेवा प्रभावित भएपछि हवाई सम्पर्क पनि रोकिएको थियो।

अब सेवा पुनः सुरु हुन लागेपछि यात्रुहरूलाई सहज हुने अपेक्षा गरिएको छ।