प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
Prime TV News २ दिन अगाडि 
काठमाडौ । प्रस्तावित प्रधानन्यायाधीश डा मनोज शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेको छ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रस्तावित प्रधानन्यायधीस बिरुद्ध ७ वटा उजुरी गरेको जानकारी दिएका हुन् । समितिले वैशाख २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित प्रधानन्यायाधीशबारे कसैलाई आपत्ति भए प्रमाणसहित उजुरी दिन आह्वान गरेको थियो।
उजुरी दिन १० दिनको समय दिइएको थियो। उजुरी दिने समय सोमबार कार्यालय समयसम्म रहनेछ। उजुरी दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट खुलाउनुपर्ने बताइएको थियो । त्यसपछि आएका उजुरीहरू अध्ययन र छानबिन गरिनेछ।
छानबिनपछि समितिले प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ गर्ने र त्यसपछि नियुक्ति प्रक्रियाबारे निर्णय अघि बढाउनेछ। संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमताको परीक्षण गरेपछि मात्रै नियुक्तिको प्रक्रिया अघि बढ्ने संवैधानिक व्यवस्था छ ।







