देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

User Image Prime TV News २ दिन अगाडि
Image of देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौ । देशभर मनसुनी वायु र स्थानीय वायुको संयुक्त प्रभाव कायम रहेकाले विभिन्न भू-भागमा वर्षाको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  दिउँसो र राति देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा मध्यम खालको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

लुम्बिनी प्रदेशका तराई क्षेत्र, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशका पहाडी र तराई भू-भागमा थोरै स्थानहरूमा पानी पर्नेछ।

कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेकाले सम्भावित बाढी, पहिरो र जल–जन्य जोखिमबाट सतर्क रहन विभागले अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले वर्षाको प्रभावले नदी नाला बढ्न सक्ने, पहाडी भू-भागमा पहिरो खस्ने तथा यातायातमा अवरोध हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।