केन्द्रीय कारागारबाट फरार सपना तामाङ न्युरोडबाट पक्राउ
Prime TV News एक दिन अगाडि 
काठमाडौ । केन्द्रीय कारागारबाट फरार भएकी सपना तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको न्युरोड क्षेत्रबाट पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार तामाङ लुकिछिपी बसेको अवस्थामा फेला परेकी थिइन्। पक्राउपछि उनलाई थप अनुसन्धान तथा कारागार पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
२५ वर्षीया सपना तामाङ शनिबार बिहान करिब १ः३० बजे सुन्धारास्थित केन्द्रीय कारागारको पर्खाल नाघेर फरार भएकी थिइन्। चारैतर्फ काँडेतार र चौबिसै घण्टा प्रहरी निगरानी रहेको कारागारबाट उनी भाग्न सफल भएपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।
विदुर नगपालिका घर भएकी सपना किशोर अवस्थादेखि नै चोरी, डकैतीलगायत आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी विभिन्न घटनामा पटक पटक पक्राउ परेर छुट्दै आएकी थिइन्।
प्रहरीका अनुसार सपना ६ वर्षीया बालिकाको अपहरण तथा हत्या अभियोगमा समेत दोषी ठहर भएकी अभियुक्त हुन्। उनी यसअघि पनि जेलबाट फरार भएको विवरण सार्वजनिक भएपछि घटनाले थप गम्भीरता पाएको छ।







