प्रतिनिधिसभा बैठक आज, विनियोजन विधेयकमाथि छलफल सुरु हुने

User Image Prime TV News एक दिन अगाडि
Image of प्रतिनिधिसभा बैठक आज, विनियोजन विधेयकमाथि छलफल सुरु हुने

काठमाडौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ।

कर प्रस्तावबाहेकका विषयमा सांसदहरूले सरकारको बजेटको दिशा, प्राथमिकता र योजना सम्बन्धी धारणा राख्नेछन्। सरकारले आगामी बजेटमार्फत आर्थिक सुधार, विकास निर्माण, रोजगारी सिर्जना र जनताको आधारभूत आवश्यकतालाई कसरी सम्बोधन गर्छ भन्ने विषयमा संसदमा बहस हुने अपेक्षा गरिएको छ।

कमजोर योजना र पुरानै शैली दोहोरिए देशको अर्थतन्त्र झन् संकटमा पर्ने भएकाले यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकमा गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार नियमावली सम्बन्धी प्रतिवेदनमाथि छलफलपछि प्रतिनिधिसभाको कार्य सञ्चालनलाई थप व्यवस्थित बनाउने तयारी गरिएको छ ।