अमेरिकी रिपोर्टपछि क्युबा–अमेरिका तनाव चर्कियो, ड्रोन खरिदलाई लिएर आरोप–प्रत्यारोप

User Image Prime TV News एक दिन अगाडि
Image of अमेरिकी रिपोर्टपछि क्युबा–अमेरिका तनाव चर्कियो, ड्रोन खरिदलाई लिएर आरोप–प्रत्यारोप

काठमाडौ । क्युवा र अमेरिका बीच तनाव फेरि चर्किएको छ। अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार क्युबाले ३०० भन्दा बढी सैन्य ड्रोन प्राप्त गरेको दाबी गर्दै रिपोर्ट सार्वजनिक गरेपछि दुई देशबीच आरोप–प्रत्यारोप बढेको हो।

रिपोर्टमा क्युबाले रसिया र इरानबाट आक्रमणकारी ड्रोन खरिद गरेको तथा अमेरिकी सैन्य संरचनामाथि सम्भावित आक्रमणको योजना बनाएको आरोप लगाइएको छ। विशेषगरी ग्वान्टानामो बेस्थित अमेरिकी नौसैनिक अखडामा रहेको अमेरिकी नौसैनिक अखडा तथा फ्लोरिडाको की वेस्ट क्षेत्रलाई सम्भावित निशानाका रूपमा उल्लेख गरिएको छ।

अमेरिकी अधिकारीहरूले ड्रोन प्रविधिको तीव्र विस्तार र क्युबामा इरानी सैन्य सल्लाहकारहरूको उपस्थितिलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको बताएका छन्। डोनाल्ड ट्रम्प प्रशासनले यसलाई पश्चिमी गोलार्धमा बढ्दो सुरक्षा जोखिमका रूपमा हेरेको छ।

यता क्युबाले भने अमेरिकाले झुटा आरोपमार्फत आर्थिक नाकाबन्दी र सम्भावित सैन्य हस्तक्षेपलाई वैध बनाउन खोजेको आरोप लगाएको छ। क्युबाका विदेशमन्त्रीले सामाजिक सञ्जालमार्फत क्युबाले कसैलाई धम्की नदिने र युद्ध नचाहने बताएका छन्।