प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीको पर्चासहितको विरोध
Prime TV News एक दिन अगाडि 
काठमाडौ । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका छन्।
सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गरेलगत्तै उक्त पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर सभामुखको आसन अगाडि पुगेका थिए। सांसदहरूले हातमा पर्चा बोकेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले प्रदर्शनमा ‘प्रधानमन्त्री जवाफदेही बनेको खोइ ?’ भन्ने नारासहितको पर्चा प्रदर्शन गरेका थिए।
विरोधका कारण केही समय प्रतिनिधिसभा बैठकको वातावरण तनावपूर्ण बनेको थियो। श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै संसदमार्फत दबाब दिन खोजेको देखिएको छ।







