प्रधानन्यायाधीश सिफारिस विरुद्धको रिट दर्ता गर्न आदेश
Prime TV News एक दिन अगाडि 
काठमाडौ । कायम मुकायम प्रधानन्यायाधीस सपना प्रधान मल्लले प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेको निवेदन दर्ता गर्न आदेश दिएकी छन्। साथै, उक्त मुद्दाको पेसी पनि तोक्न निर्देशन दिइएको छ।
प्रधानन्यायाधीशमा गरिएको सिफारिसको वैधानिकतामाथि प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा रिट दिएका थिए। तर यसअघि प्रशासनिक रूपमा ती निवेदन दर्ता गर्न अस्वीकार गरिएको थियो।
रिट निवेदकहरूले कामु प्रधानन्यायाधीश मल्लको ध्यानाकर्षण गराएपछि दरपिठविरुद्धको निवेदन दर्ता गर्ने र भोलिका लागि पेसी राख्ने आदेश भएको हो। आदेशमा अदालतमा कानुनी प्रक्रिया अनुसार आएको निवेदन रोक्नु न्याय प्राप्तिको अधिकारमाथि अवरोध हुने उल्लेख गरिएको छ। यसले अदालतप्रतिको जनविश्वासमा पनि असर पर्ने कामु प्रधानन्यायाधीश मल्लको भनाइ छ।
आदेशमा प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश मनोजकुमार शर्मा को निर्देशनमा निवेदन दर्ता नगरिएको जानकारी प्राप्त भएको पनि उल्लेख गरिएको छ। संविधान र न्याय सम्बन्धी कानुनअनुसार आवश्यक निर्देशन दिनुपर्ने अवस्था आएकाले यस्तो आदेश जारी गरिएको कामु प्रधानन्यायाधीश मल्लले बताएकी छन्।







