स्कटल्याण्ड १९४ रनमै अलआउट, नेपाललाई जितको राम्रो अवसर

User Image Prime TV News एक दिन अगाडि
Image of स्कटल्याण्ड १९४ रनमै अलआउट, नेपाललाई जितको राम्रो अवसर

काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालविरुद्धको खेलमा स्कटल्याण्ड १९४ रनमै अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १९४ रन मात्र बनाउन सक्यो।

स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले ७३ रनको अर्धशतकीय पारी खेले। माइकल इङ्ग्लिसले अविजित ५१ रन बनाए भने जर्ज मुन्सेले २१ रन जोडे। कप्तान रिची बेरिङटनले १२ रन बनाए। नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्याण्डलाई ठूलो स्कोर बनाउन दिएनन्।

ललित राजवंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट हात पारे। सोमपाल कामी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले पनि समान १–१ विकेट लिए। नेपाललाई अघिल्लो खेलमा डीएलएस पद्धतिका आधारमा २ रनको हार व्यहोर्नु परेको थियो। त्यसको बदला लिने अवसर यो खेलमा रहेको छ।

लिग–२ मा शीर्ष चारमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ। नेपाल हाल २६ खेलबाट २० अंकसहित सातौँ स्थानमा छ भने स्कटल्याण्ड ३० खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा रहेको छ।