हर्क साम्पाङको प्रस्ताव: सिंहदरबारका जलेका भवन श्रमदानबाट बनाउने दाबी

User Image Prime TV News एक दिन अगाडि
Image of हर्क साम्पाङको प्रस्ताव: सिंहदरबारका जलेका भवन श्रमदानबाट बनाउने दाबी

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सिंहदरबारभित्र जलेका भवन पुनर्निर्माण गर्न आफूलाई जिम्मा दिन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभामा प्रि–बजेट छलफलमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भवनहरू श्रमदानमार्फत पुनःनिर्माण गर्न सकिने बताएका हुन्। साम्पाङले आफूलाई यस्तो जिम्मेवारी दिइएमा श्रमदानको माध्यमबाटै जलेका संरचना पुनःनिर्माण गरिदिने दाबी गरे।

उनले आफ्नो निर्वाचन क्षेत्रसहित अन्य क्षेत्रको विकासका लागि पनि बजेट विनियोजन गर्न सरकारसँग आग्रह गरे। संसदमा बोल्ने क्रममा उनले विकास निर्माणमा जनसहभागिता र श्रम संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।