बेलुकाको समयमा हेटौँडा–काठमाडौं जोड्ने सडक सवारी आवागमनमा रोक
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । हेटौँडा–काठमाडौं जोड्ने दुई प्रमुख सडकमा असोज १७ गतेदेखि २० गतेसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। निरन्तर वर्षाको पूर्वानुमानसँगै पहिरोको जोखिम बढेकाले सुरक्षा सतर्कता स्वरूप सडक बन्द गर्ने निर्णय गरिएको हो।
मकवानपुरका प्रमुख जिल्ला अधिकारीले जारी सूचनाअनुसार, कान्तिलोकपथमा बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म, र हेटौँडा–भैँसे–काठमाडौं सडक मा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज १७ देखि २० गतेसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिएपछि सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै निर्णय लिइएको जनाइएको छ ।







