नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकम २१ प्रतिशतले घट्यो

User Image Prime TV News एक दिन अगाडि
Image of नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकम २१ प्रतिशतले घट्यो

काठमाडौ । सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट देखिएको छ। नेप्से १.०३ अंकले घटेर २,७३०.९१ विन्दुमा कायम भएको छ। आज कुल ३३९ कम्पनीका सेयर कारोबार भए। तीमध्ये ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ।

दिनभरमा ५८ लाख २८ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो कारोबार दिनको तुलनामा करिब २१ प्रतिशतले कमी हो।

समूहगत रूपमा वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, लगानी र अन्य समूहका सूचकमा सुधार देखिएको छ। तर वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार समूहका सूचकमा गिरावट आएको छ।

आजको कारोबारमा इङ्वा हाइड्रोपावर, बुङ्गल हाइड्रो र सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्। त्यस्तै निफ्रा ऊर्जा ऋणपत्र, एसवाई प्यानल नेपाल र पाल्पा सिमेन्ट इन्डस्ट्रिजका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।