रास्वपा उपनेता गणेश पराजुलीदले मागे संसदमा माफी
Prime TV News एक दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले प्रतिनिधिसभा बैठकमा आफ्ना अभिव्यक्तिका लागि माफी मागेका छन्।
सोमबारको बैठकमा बोल्दै उनले केही दिनअघि संसदमा बोलेका शब्दहरू असंसदीय र अशिष्ट भएको भन्दै आपत्ति जनाइएको बताए। पराजुलीले सभामुखले ती शब्दहरू संसद्को रेकर्डबाट हटाउने आदेश दिइसकेको उल्लेख गर्दै त्यस निर्णयलाई सम्मान गरेको बताए।
उनले आफ्ना शब्दका कारण जनतामा पर्न गएको असरप्रति दुःख व्यक्त गर्दै माफी मागे। यसअघि २९ वैशाखको बैठकमा उनले प्रयोग गरेका केही शब्दलाई लिएर संसदमा आपत्ति जनाइएको थियो। त्यसपछि सभामुखले ती शब्दहरू रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।
सोही विषयमा उनले सोमबार संसदमा स्पष्ट रूपमा क्षमायाचना गरेका हुन्।







