आफ्नो कारण पार्टी सदस्यको शिर निहुरिन नदिने गगन थापाको भनाइ

User Image Prime TV News एक दिन अगाडि
Image of आफ्नो कारण पार्टी सदस्यको शिर निहुरिन नदिने गगन थापाको भनाइ

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो व्यवहार र निर्णयका कारण पार्टीका कुनै पनि सदस्यलाई अप्ठ्यारो नपरोस् भन्ने बताएका छन्।

काभ्रेको धुलिखेलमा आयोजित वाग्मती प्रदेशस्तरीय भेलामा बोल्दै उनले आफू कांग्रेसको सभापति भएकाले आफ्नो व्यक्तिगत जीवन, आचरण र निर्णयका कारण कुनै पनि सदस्यले लज्जित हुन नपरोस् भन्ने धारणा राखे।

थापाले भने, “गगन थापा यो पार्टीको सभापति हो, उसको निर्णय, व्यक्तिगत जीवन र व्यवहारका कारण म कांग्रेस भएकोले मलाई अप्ठ्यारो पर्‍यो भन्न दिन्न।” उनले पार्टीका जिम्मेवार पदमा बसेकाहरूको व्यवहार गलत भए सहन नसकिने पनि बताए।

थापाले सत्यको पक्षमा उभिँदा आलोचना र गाली सहनुपरे पनि आफू सत्यकै पक्षमा रहने प्रतिबद्धता व्यक्त गरे।