एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खुलाउने निर्णय

User Image Prime TV News एक दिन अगाडि
Image of एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खुलाउने निर्णय

काठमाडौ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता पुनः सक्रिय गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज बसेको सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता सक्रिय गर्ने निर्णय गरेको हो । पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको विषयलाई टुंग्याउँदै एमालेले भण्डारीको सदस्यता खुलाउने निर्णय गरेको हो।

भण्डारी राष्ट्रपति बन्नुअघि एमालेकी वरिष्ठ नेतृ थिइन्। राष्ट्रपति पद सम्हालेपछि उनको पार्टी सदस्यता निष्क्रिय अवस्थामा रहेको थियो। एमालेको पछिल्लो निर्णयसँगै अब उनी औपचारिक रूपमा पुनः पार्टी राजनीतिमा फर्किने बाटो खुलेको छ।