मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
Prime TV News १७ घण्टा अगाडि 
काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन्। प्रहरीले उनलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको हो।
प्रारम्भिक जानकारीअनुसार प्रसाईलाई वीरगञ्जस्थित एक होटलबाट पक्राउ गरिएको हो। स्रोतका अनुसार उनी दियोलो होटलमा बसिरहेका बेला प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।
उनीमाथि कुन मुद्दा वा कसुरमा कारबाही गरिएको हो भन्ने विषयमा भने हालसम्म प्रहरीले स्पष्ट जानकारी दिएको छैन। ‘माथिको आदेश’ अनुसार पक्राउ गरिएको भन्ने प्रारम्भिक विवरण बाहिर आएको छ।
प्रसाई वीरगञ्जमा आयोजित हुने एक कार्यक्रममा सहभागी हुन पुगेका थिए। उक्त कार्यक्रम आजका लागि तय गरिएको बताइएको छ।
पछिल्लो समय विभिन्न राजनीतिक अभिव्यक्ति, आन्दोलन तथा विवादास्पद गतिविधिका कारण चर्चामा रहेका प्रसाईको पक्राउले राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।







