चेन्नाईलाई हराउँदै हैदरवाद प्लेअफमा, गुजरात पनि अन्तिम चारमा
Prime TV News १५ घण्टा अगाडि 
काठमाडौ । इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा सनराइज हैदरावादले चेन्नाई सुपर किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।
घरेलु मैदानमा पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो। डेवाल्ड ब्रेभिसले ४४, सञ्जु सामसनले २७ तथा शिवम दुबेले २६ रन बनाएका थिए ।
बलिङतर्फ हैदरवादका कप्तान प्याट कमिन्स चम्किए। उनले ३ विकेट लिएर चेन्नाईलाई ठूलो स्कोर बनाउन दिएनन्। सकिब हुसेनले २ विकेट लिए।
१८१ रनको लक्ष्य पछ्याएको हैदरवादले १९ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। हैदरवादका लागिइशान किशानले ७०, हेनरिक क्लासेन ४७ तथा अभिषेक शर्माले २६ रन प्रहार गरे । चेन्नाईका मुकेश चौधरीले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यस नतिजासँगै हैदरवाद प्लेअफमा पुगेको छ भने गुजरात टाइटन्सले पनि अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। चेन्नाईका लागि भने यो हार निकै महँगो साबित भएको छ।







