प्रतिनिधिसभामा आज पनि हर्क साम्पाङले देखाए पर्चा
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका सांसदहरूले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर विरोध जनाएका छन्।
बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पोस्टर हातमा लिएर उठेका थिए। त्यसपछि सभामुखले उनलाई आकस्मिक समय नमागिएको भन्दै बस्न आग्रह गरेका थिए। सभामुखले साम्पाङको ध्यानाकर्षण भएको बताउँदै आफ्नो धारणा प्रक्रिया अनुसार राख्न आग्रह गरेपछि उनी बसेका थिए।
श्रम संस्कृति पार्टीले सोमबारको प्रतिनिधिसभा बैठकमा पनि पर्चा देखाएर सरकारको कार्यशैलीप्रति विरोध जनाएको थियो।







