मन्त्रिपरिषद्को बैठक आज बस्दै
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार बैठक मंगलबार अपराह्न ४ बजे सुरु हुनेछ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताईएको छ । साथै केही नीतिगत निर्णय र नियमित सरकारी कामकाजसम्बन्धी विषय पनि एजेन्डामा रहने बताइएको छ।







