वकिलहरूको लालटिन प्रदर्शन

User Image Prime TV News ४ घण्टा अगाडि
Image of वकिलहरूको लालटिन प्रदर्शन

काठमाडौ । सर्वोच्च अदालतमा देखिएका पछिल्ला घटनाक्रमको विरोधमा कानून व्यवसायीहरूले मंगलबार सांकेतिक प्रदर्शन गरेका छन्। नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा लालटिन बालेर प्रदर्शन गरिएको हो।

बार एसोसिएसनले सोमबार बसेको बैठकमा अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने अवस्था आएको भन्दै त्यसको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मंगलबार दिउँसो नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेर विरोध गरिएको हो।

कानून व्यवसायीहरूले न्याय प्रणालीमा देखिएका समस्या समाधान गरी न्याय सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।