प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सकियो
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सकिएको छ ।
सुनुवाइ समितिको बैठकमा सदस्यहरूले उनलाई विभिन्न प्रश्न सोधेका थिए। उनले सबै प्रश्नको जवाफ दिएपछि थप पुरक प्रश्नका लागि समय दिइएको थियो। तर कुनै नयाँ प्रश्न नआएपछि सुनुवाइ सकिएको समितिले जनाएको छ।
सुनुवाइका क्रममा डा. शर्माले सर्वोच्च अदालतमा कुनै गुटबन्दी नरहेको दाबी गरे। उनले बार र अदालतबीच ठूलो विवाद नभएको पनि बताए। उनले आफूमाथि लागेको रिट दर्ता र अन्य आरोपको खण्डन गर्दै बार र प्रशासनबीच केही असमझदारी मात्रै भएको हुन सक्ने धारणा राखे।
डा. शर्माले आफूलाई लागेको ‘नेपोबेबी’ आरोप अस्वीकार गर्दै योग्यता र क्षमताका आधारमा अगाडि बढेको बताए। समितिले अब उनको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।







