नेप्से ६.५१ अंकले घट्यो, कारोबार ३ अर्ब ८ करोड पुग्यो

User Image Prime TV News ३ घण्टा अगाडि
Image of नेप्से ६.५१ अंकले घट्यो, कारोबार ३ अर्ब ८ करोड पुग्यो

काठमाडौ । मंगलबार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ।

नेप्से ६.५१ अंकले घट्दै २७२४.३९ विन्दुमा झरेको हो। सेन्सेटिभ इन्डेक्स ०.६८ अंक, फ्लोट इन्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१९ अंकले घटेका छन्। आज बजारमा ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ। १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकम भने केही बढेको छ। अघिल्लो दिन २ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको घटेको छ। विकास बैंक, वित्त, लघुवित्त र निर्जीवन बीमा समूहमा सामान्य वृद्धि देखिएको छ। व्यापार समूह १.२४ प्रतिशतले घटेको छ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.२६ प्रतिशतले बढेको छ। नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य करिब साढे ६ प्रतिशतले बढेको छ। अन्य धेरै स्टकको वृद्धि ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबार रकमका आधारमा सिटी होटलको २३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, साहस ऊर्जाको ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।