आन्तरिक उडानमा नयाँ हवाई भाडादर सार्वजनिक
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडपर्व तथा विशेष अवसरका बेला आन्तरिक उडानमा टिकटको अधिक मागलाई मध्यनजर गर्दै नयाँ हवाई भाडादर सार्वजनिक गरेको छ।
प्राधिकरणले सरकारले स्वीकृत गरेको भाडाभन्दा बढी रकम यात्रुबाट लिन नहुने स्पष्ट निर्देश जारी गर्दै उल्लंघन गरे कारबाही गरिने चेतावनी पनि दिएको छ।
प्राधिकरणले जारी गरेको सूचीअनुसार काठमाडौँ–धनगढी उडानको सबैभन्दा बढी भाडा तोकिएको छ भने सबैभन्दा कम भाडा काठमाडौँ–सिमरा निर्धारण गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायु सेवा प्रदायक र सरोकारवालालाई समेत यसमा कडाइ गर्न निर्देशन दिएको छ।
नयाँ हवाई भाडादरको सुची:








