दुर्गा प्रसाईमाथि साइबर अपराध र राज्य विरुद्धको कसुरमा म्याद थप
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईमाथि दुई वटा कसुरमा म्याद थप गरिएको छ।
जिल्ला अदालत पर्साले मंगलबार विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। प्रहरीका अनुसार प्रसाईंले सामाजिक सञ्जालमार्फत विभिन्न अभिव्यक्ति दिएका थिए।
ती अभिव्यक्तिले सार्वजनिक नैतिकता र सामाजिक सद्भावमा असर पारेको आरोप लगाइएको छ। प्रहरीले सरकारप्रति घृणा, द्वेष र अवहेलना फैलाउने किसिमका अभिव्यक्ति दिएको आरोप पनि लगाएको छ। प्रसाईलाई सोमबार राति वीरगञ्जस्थित सिद्धार्थ दियाल होटलबाट पक्राउ गरिएको थियो।







