प्रधानन्यायाधीश शर्माले आजै शपथ लिँदै
Prime TV News ५८ मिनेट अगाडि 
काठमाडौ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका डा. मनोजकुमार शर्माले आजै प्रधानन्यायाधीशको शपथ लिने भएका छन्।
सर्वोच्च अदालत स्रोतका अनुसार उनको शपथ ग्रहण मंगलबार साँझ ६ बजेका लागि तय गरिएको छ। परम्पराअनुसार प्रधानन्यायाधीशलाई राष्ट्रपतिले शपथ ग्रहण गराउने गर्छन्। सोहीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा डा. शर्मालाई शपथ गराउने कार्यक्रम रहेको छ।
शपथपछि डा. शर्माले सर्वोच्च अदालत पुगेर पदभार सम्हाल्ने तयारी गरेका छन्।







