नदी किनारका विस्थापित परिवारलाई सरकारले २५ हजार दिने निर्णय
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई सरकारले २५ हजार रुपैयाँ दिने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापना खर्चबापत प्रत्येक परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार विस्थापित परिवारको विवरण रुजु गरेर रकम उपलब्ध गराइनेछ।
नदी किनारका जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई तत्काल राहत स्वरूप यो रकम दिने निर्णय गरिएको सरकारको भनाइ छ।







