शेरबहादुर देउवाको पक्राउ अनुमतिबारे सर्वोच्चमा सोमबार सुनुवाइ हुने
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको पक्राउ अनुमतिसम्बन्धी विषयमा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने भएको छ।
देउवा लगायतले आफूहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले सोमबारलाई प्राथमिकतामा राखी पेशी तोक्न आदेश दिएको हो।
सो दिन पक्राउ अनुमति प्रक्रिया कानुनसम्मत थियो कि थिएन भन्ने विषयमा छलफल हुने अदालतले जनाएको छ । इजलासले अनुसन्धानमा देउवा परिवारले सहयोग गर्ने प्रतिबद्धता जनाएको, पूर्वप्रधानमन्त्री देउवाको स्वास्थ्य अवस्था तथा पक्राउ अनुमति जारी गर्ने अदालतको क्षेत्राधिकारसम्बन्धी विषय पनि छलफलबाट टुंग्याउनुपर्ने उल्लेख गरेको छ।







