आर्सनलले २२ वर्षपछि पहिलोपटक प्रिमियर लिगको उपाधि जित्यो

User Image Prime TV News एक घण्टा अगाडि
Image of आर्सनलले २२ वर्षपछि पहिलोपटक प्रिमियर लिगको उपाधि जित्यो

काठमाडौ । इंग्लिस फुटबल क्लब आर्सनलले २२ वर्षपछि पहिलोपटक प्रिमियर लिगको उपाधि जितेको छ। मंगलबार म्यानचेस्टर सिटीले एएफसी बर्नमाउथविरुद्ध बराबरी खेलेपछि आर्सनल औपचारिक रूपमा च्याम्पियन बनेको हो।

उपाधि दौडलाई अन्तिम खेलसम्म पुर्‍याउन सिटीलाई जित अनिवार्य थियो। तर खेलको पहिलो हाफमै बोर्नमाउथका जुनियर क्रुपीले गोल गर्दै सिटीलाई दबाबमा पारेका थिए। अतिरिक्त समयमा अर्लिङ हालान्डले बराबरी गोल फर्काए पनि सिटीले जित निकाल्न सकेन। त्यससँगै आर्सनलले समयअघि नै उपाधि आफ्नो नाममा सुरक्षित गर्‍यो।

प्रशिक्षक मिकेल आर्टेटाको को नेतृत्वमा आर्सनलले सन् २००३–०४ पछि पहिलोपटक लिग जितेको हो। लामो प्रतीक्षापछि आएको यो सफलता आर्सनल समर्थकका लागि ऐतिहासिक उपलब्धि बनेको छ।