प्रतिनिधिसभा बैठक आज, निर्वाचनसम्बन्धी विधेयक पेश गरिने
Prime TV News २७ मिनेट अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठकमा निर्वाचनसम्बन्धी दुई महत्वपूर्ण विधेयक पेश गर्ने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन शाहको तर्फबाट कानून मन्त्री सोविता गौतमले “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” पेश गर्न अनुमति माग्नेछिन्। त्यसपछि उक्त विधेयक संसदमा प्रस्तुत गरिनेछ।
त्यसैगरी “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” पनि संसदमा पेश गरिने कार्यसूची रहेको छ। सरकारले निर्वाचन प्रक्रिया र मतदाता व्यवस्थापनलाई सुधार गर्न यी विधेयक ल्याएको जनाएको छ।
यसअघि मंगलबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो। छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएका थिए।
अर्थमन्त्री वाग्लेले गत वैशाख ३१ गते संसदमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।






