नाइजेरियन महिलासम्बन्धी विवादमा आशिका तामाङले मागिन् निष्पक्ष अनुसन्धान

User Image Prime TV News ३१ मिनेट अगाडि
Image of नाइजेरियन महिलासम्बन्धी विवादमा आशिका तामाङले मागिन् निष्पक्ष अनुसन्धान

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पार्टीका सांसद कृष्ण कुमार कार्कीसँग जोडिएको विवादबारे प्रतिक्रिया दिएकी छन्।

नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप सार्वजनिक भइरहेका बेला तामाङले सामाजिक सञ्जालमार्फत निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेकी हुन्।

उनले महिला स्वदेशी वा विदेशी जे भए पनि सम्मान र न्यायको हकदार भएको उल्लेख गरेकी छन्। सार्वजनिक रूपमा आएका सबै कुरा सत्य नहुन सक्ने भए पनि बाहिर आएका विषयमाथि गम्भीर अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।

तामाङले मातृत्वसँग जोडिएको विषय अत्यन्त संवेदनशील भएकाले प्रमाणका आधारमा छानबिन हुनुपर्ने बताएकी छन्। उनले 'पार्टीभन्दा ठूलो देश र देशभन्दा ठूलो संसार हो' भन्दै कसैले अन्याय गरेमा आफ्नै पक्षका मानिस भए पनि गलतलाई गलत भन्न नछोड्नुपर्ने धारणा राखेकी छन्।