ओलीलाई नेतृत्वबाट हट्न बौद्धिक परिषद्को सुझाव

User Image Prime TV News ११ महिना अगाडि
Image of ओलीलाई नेतृत्वबाट हट्न बौद्धिक परिषद्को सुझाव

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट नेपालबौद्धिकपरिषद्ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सक्रिय नेतृत्वबाट पछि हट्न र नयाँ नेतृत्वलाई स्थान दिन स्पष्ट सुझाव दिएको छ। 

परिषद्ले अध्यक्ष ओलीको नाममा तीन पृष्ठको सुझावपत्र तयार गरेको छ। परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलियाले हस्ताक्षर गरेको उक्त पत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरिएको छ। सुरुमा उक्त सुझाव ओली स्वयंलाई दिने तयारी भए पनि परिस्थिति प्रतिकूल भएकाले महासचिव मार्फत बुझाइएको बताइएको छ।

परिषद्को सुझावको पहिलो बुँदामै ओलीलाई अब पार्टीको नेतृत्व नयाँ पुस्तालाई सुम्पिनु उपयुक्त हुने भन्दै त्यसका लागि महाधिवेशन कुर्न आवश्यक नभएको उल्लेख गरिएको छ। परिषद्ले अघिल्लो चरणमा पार्टी र नेतृत्वलाई समयमै मार्गदर्शन दिन नसकेको स्वीकार्दै आत्मसमीक्षा समेत गरेको छ।

स्रोतका अनुसार, अध्यक्ष ओली र महासचिव पोखरेलले परिषद्को सुझावलाई हालसम्म औपचारिक रूपमा प्रतिक्रिया दिएका छैनन्।