ओलीलाई आफ्नै नेताहरूको सुझाव– अब नेतृत्व फेरिनुपर्छ

User Image Prime TV News एक महिना अगाडि
Image of ओलीलाई आफ्नै नेताहरूको सुझाव– अब नेतृत्व फेरिनुपर्छ

काठमाडौ ।  नेकपा एमाले भित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निकट नेताहरूले नेतृत्व छाड्न सुझाव दिएको चर्चा बाहिरिएको हो।

स्रोतका अनुसार ओली निवास बालकोटमा बसेको बैठकमा उपाध्यक्ष विष्णु पौडेल र पृथ्वी सुब्वा गुरुङले नेतृत्व परिवर्तनको कुरा उठाएका थिए।

बैठकमा विष्णु पौडेलले दुई कार्यकाल र उमेर हद हटाउने निर्णय गलत भएको संकेत गर्दै अब पार्टी नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका थिए। उनले अहिलेको अवस्थामा पुरानै शैलीमा पार्टी चलाउन नसकिने धारणा राखेका थिए।

त्यसैगरी पृथ्वी सुब्बा गुरुङले एमाले कुनै व्यक्तिको निजी कम्पनी नभएको भन्दै नेतृत्व फेरिनुपर्ने बताएका थिए। त्यसपछि ओली र गुरुङबीच केहीबेर सवाल–जवाफसमेत भएको स्रोतको दाबी छ।

स्रोतका अनुसार आफ्नै पक्षका नेताहरूले यस्तो कुरा उठाएपछि ओली केही आक्रोशित र निराश देखिएका थिए। बैठकमा अन्य नेताहरू भने मौन बसेर अवस्था हेरिरहेका थिए।

एमालेभित्र पछिल्लो समय नेतृत्व र पार्टी सञ्चालन शैलीबारे असन्तुष्टि बढ्दै गएको चर्चा चलिरहेको छ ।