राजनीति एक पुस्ताको मात्रै विषय होइन: महासचिव शंकर पोखरेल

User Image Prime TV News २ दिन अगाडि
Image of राजनीति एक पुस्ताको मात्रै विषय होइन: महासचिव शंकर पोखरेल

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। तर, उनले राजनीति कुनै एक पुस्ताको मात्रै विषय हुन नसक्ने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै पोखरेलले पार्टी निर्माणमा नेकपा एमालेले तीन पुस्ताको संयोजनलाई प्राथमिकता दिँदै आएको बताए।

उनका अनुसार, पूर्वीय दर्शनले समाजलाई चार पुस्ताको संयोजनबाट अघि बढ्ने मान्यता दिन्छ, र एमाले पनि त्यही भावनाअनुरूप तीन पुस्ताको सहभागितालाई संस्थागत गर्दै आएको छ।

राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्रै विषय होइन, हुन सक्दैन,” उनले लेखेका छन्, “विशेष समयमा देखिने असन्तोष र विद्रोहहरू स्वाभाविक हुन्, तर त्यसलाई आधार मानेर समाज र राजनीति कुन दिशातर्फ जानुपर्छ भन्ने कुरामा भ्रमित हुनुहुदैन।

महासचिव पोखरेलले विशेषगरी नयाँ पुस्ताको चासो, उर्जा र परिवर्तनप्रतिको चाहना महत्त्वपूर्ण भएको स्वीकार गरे पनि त्यसलाई मात्र समाज रूपान्तरणको आधार बनाउनु नहुने तर्क प्रस्तुत गरेका छन्।

उनले राजनीति र समाज रूपान्तरणमा पुस्तागत समन्वय आवश्यक रहेको धारणा राखे।