गाजा पट्टीमा इजरायली हवाई आक्रमण: १५ प्यालेस्टिनीको मृत्यु, सयौं घाइते

User Image Prime TV News २ दिन अगाडि
Image of गाजा पट्टीमा इजरायली हवाई आक्रमण: १५ प्यालेस्टिनीको मृत्यु, सयौं घाइते

काठमाडौ । इजरायलले शुक्रबार गाजा पट्टीमा गरेको ताजा हवाई आक्रमणमा कम्तीमा १५ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ भने सयौं अन्य घाइते भएको स्थानीय समाचार संस्थाले जनाएको छ।

विवरणअनुसार, गाजा सहरमै गरिएको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। त्यसैगरी, दक्षिणी गाजाको खान युनूसस्थित अलमवासी क्षेत्रमा लक्षित हवाई आक्रमणमा एक गाडी ध्वस्त हुँदा तीन जनाको ज्यान गएको पुष्टि भएको छ।

इजरायली सेनाले गाजा सहरको अलमग्राबी स्ट्रिट र अन्सार क्षेत्रमा नागरिकहरूको जमघटमाथि आक्रमण गरेको रिपोर्ट छ। यसै क्रममा अलसब्रामा पनि विस्फोटको कारण थप क्षति पुगेको बताइएको छ।

उद्धार टोलीले गाजा सहरको दक्षिणपूर्वमा रहेको अलजायतुन क्षेत्रमा ध्वस्त भएको अलफलाह स्कूलको भग्नावशेषबाट दुई शव फेला पारेको छ। सो स्थानमा पाँच दिनअघि उद्धारकर्मीहरूमाथि समेत आक्रमण गरिएको थियो।

पूर्वी गाजाको उमर अलमुख्तार सडक नजिक भएको अर्को आक्रमणमा बालबालिकासहित धेरै सर्वसाधारण घाइते भएको जनाइएको छ।