तमिलनाडुमा किसानलाई राहत : बाली ऋण मिनाहा गर्ने घोषणा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जोसेफ विजय नेतृत्वको सरकारले सहकारी बैंकबाट बाली ऋण लिएका किसानलाई राहत दिने घोषणा गरेको छ। सरकारले सीमान्त किसानको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गर्ने निर्णय गरेको हो।
सोमबार सचिवालयमा बसेको समीक्षा बैठकपछि मुख्यमन्त्री विजयले उक्त घोषणा गरेका हुन्। उनका अनुसार सहकारी बैंकबाट ऋण लिएका ठूला किसानलाई पनि ५ हजार रुपैयाँ राहत प्रदान गरिनेछ।
मुख्यमन्त्रीले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत निर्णय सार्वजनिक गरेका हुन्। बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारी मन्त्री वी. गान्धीराज, वित्त मन्त्री एन. मेरी विल्सन तथा अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
सरकारका अनुसार यस निर्णयबाट झन्डै १४ लाख २२ हजार किसान लाभान्वित हुनेछन्। योजना कार्यान्वयनका लागि राज्य सरकारलाई थप २,०४४.४६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।







