राष्ट्रिय खेलकुद परिषद्द्वारा क्यान प्रतिनिधि छुम्बी लामा फिर्ता

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रिय खेलकुद परिषद्द्वारा क्यान प्रतिनिधि छुम्बी लामा फिर्ता

काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) मा आफ्नो प्रतिनिधिका रूपमा रहेका छुम्बी लामालाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ।

राखेपले शुक्रबार जारी गरेको पत्रमार्फत २०८३ जेठ ११ गतेको निर्णयअनुसार लामालाई क्यानको प्रतिनिधि सदस्य पदबाट हटाइएको जनाएको हो। पत्रमा संघ संस्था समन्वय शाखा प्रमुख चन्द्र कुमार राईको हस्ताक्षर रहेको छ।

लामा यसअघि २०८० चैत २९ गते क्यानको पदेन सदस्यका रूपमा मनोनित भएका थिए। तर नियुक्त भएको केही समयमै उनलाई जिम्मेवारीबाट फिर्ता बोलाइएको हो। राखेपले नेपाल क्रिकेट संघ को स्वीकृत विधान २०५५ (चौथो संशोधनसहित) को दफा ३ को उपदफा (४) अनुसार निर्णय गरिएको जनाएको छ।

निर्णयको जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खेलकुद विकास विभाग र नेपाल क्रिकेट संघ लाई समेत पठाइएको छ। पत्रमा फिर्ताको स्पष्ट कारण भने खुलाइएको छैन।