जवाङ खोलानजिकै पहिरो, मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोलानजिकै पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। निरन्तर वर्षासँगै पहिरो खस्दा दुवै दिशाबाट सवारी आवागमन रोकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
कार्यालयका अनुसार पहिरोको कारण यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। डोजरमार्फत पहिरो पन्छाउने कार्य भइरहेको बताइएको छ।
त्यसैगरी, मुग्लिन–नारायणगढ सडकखण्डमा पनि निरन्तर वर्षा भइरहेको छ। केही स्थानमा साना ढुंगाहरू खसेपनि सवारी सञ्चालनमा रहेको जनाइएको छ। यद्यपि, पहिरोको जोखिम उच्च रहेको हुँदा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।
स्थानीय प्रशासन र ट्राफिक प्रहरीद्वारा नियमित निगरानी भइरहेको जनाइएको छ।







