कांग्रेसले उठायो सभामुख डोलप्रसाद अर्यालको क्षमतामाथि नै प्रश्न
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको क्षमतामाथि नै प्रश्न उठाएको छ । नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले सभामुख डोलप्रसाद अर्याललाई प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा बोलाउन रुलिङ गर्न आग्रह गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सभामुखसँग प्रधानमन्त्री र मन्त्रीलाई सदनमा उपस्थित गराउने अधिकार रहेको बताए। उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै किन रुलिङ नगरेको भनेर प्रश्न पनि गरे। सांसद शाहले यो विषयमा जनताले पनि जवाफ खोजिरहेको बताए।
जवाफमा सभामुख अर्यालले प्रधानमन्त्री छिट्टै संसदमा आउने तयारीमा रहेको जानकारी दिए। उनले प्रधानमन्त्रीले समय तय गरेपछि सदनलाई जानकारी गराइने बताए।







