भदौ २३–२४ घटनाबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)

User Image Prime TV News १ हप्ता अगाडि
Image of भदौ २३–२४ घटनाबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको दमन र त्यसपछिका घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ।

आयोग सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन बुधबार सार्वजनिक गरिएको हो। प्रतिवेदनका आधारमा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनकर्ता भनेर किटान गरेको छ।

त्यस्तै, आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछानेको संलग्नता रहेको उल्लेख गर्दै उनलाई शंकाको घेरामा राखी सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरिएको आयोगले जनाएको छ।

आयोगले प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पनि सुझाव दिएको छ।