‘हरिबहादुरको जुत्ता’ दसैँको भीडमा अग्रपंक्तिमा, शो संख्या सबैभन्दा बढी

User Image Prime TV News एक दिन अगाडि
Image of ‘हरिबहादुरको जुत्ता’ दसैँको भीडमा अग्रपंक्तिमा, शो संख्या सबैभन्दा बढी

काठमाडौ । दसैँको अवसर पारेर एकैदिन प्रदर्शनमा आएका तीन नेपाली चलचित्रमध्येहरिबहादुरकोजुत्तादर्शकमाझ सबैभन्दा बढी रुचाइएको देखिएको छ।

समसामयिक विषयवस्तुमा आधारित व्यंग्य र हास्यप्रधान यो चलचित्रले मल्टिप्लेक्स सिनेमा हलहरूमा शो संख्याका हिसाबले अग्रता लिएको छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका अनुसार, काठमाडौं उपत्यकाभित्रका आउटलेटहरूमाहरिबहादुरको जुत्तालाई २३ शो दिइएको छ। त्यही अवधिमामाइतीघरले १९ रबलिदानले १८ शो पाएका छन्।

चलचित्रको बढ्दो लोकप्रियताको पछाडि दर्शकको सकारात्मक प्रतिक्रिया मुख्य कारण रहेको निर्माण टिमको दाबी छ। दीपेन्द्र के. खनालद्वारा निर्देशितहरिबहादुरको जुत्तामा वरिष्ठ कलाकार हरिवंश आचार्य मुख्य भूमिकामा छन्।

यससँगै प्रदर्शनमा आएका अर्का दुई चलचित्रमध्ये, मिलन तामाङ निर्देशितमाइतीघरसामाजिक विषयवस्तुमा आधारित छ। केदार घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी र प्रकाश सपूत अभिनीत यो चलचित्रले मध्यम प्रतिक्रिया पाउँदै आएको छ।

त्यस्तै, ‘बलिदानएक्सन-ड्रामा विधामा निर्माण गरिएको चलचित्र हो, जसको निर्देशन निर्माता सन्तोष सेन आफैले गरेका छन्। समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा लगायत कलाकारको अभिनय रहेको चलचित्रले मिश्रित प्रतिक्रिया पाएको छ।

तीनवटै चलचित्र दसैँको सार्वजनिक बिदालाई लक्षित गर्दै एकैसाथ प्रदर्शनमा आएका हुन्। यद्यपि, दर्शकको रोजाइमाहरिबहादुरको जुत्ताअग्रस्थानमा उक्लिन सफल देखिएको छ।