मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरोले सवारी आवागमन एकतर्फी संचालनमा

User Image Prime TV News एक दिन अगाडि
Image of मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरोले सवारी आवागमन एकतर्फी संचालनमा

काठमाडौ । रातभर निरन्तर परेको वर्षाका कारण मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै ठूलो पहिरो गएको छ। यसले गर्दा उक्त सडक खण्डमा सवारी आवागमन एकतर्फी संचालनमा रहेको छ।

सडक डिभिजन कार्यालय भरतपुरले वर्षाका कारण पहिरोको जोखिम अझै कायमै रहेको हुँदा यात्रुहरूले सुरक्षा निकायको समन्वयमा मात्र सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको छ।

सडकमा केही ठाउँमा अझै माटो र ढुङ्गा खस्ने सम्भावना रहेको र त्यसका कारण थप अवरुद्ध हुन सक्ने भएकाले सचेत रहन भनिएको छ।

यसैगरी, मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो पनि तत्काल हटाएर सडकलाई सुचारू गरिएको छ। यात्रुहरूले उक्त सडक खण्डमा सहज रूपमा आवागमन गर्न सक्ने अवस्था बनेको छ।