दल परिवर्तन गरेपछि कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्षको पद रिक्त
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसबाट निर्वाचित दुई जना वडा अध्यक्षको पद रिक्त भएको छ।
निर्वाचन आयोगले सूचना जारी गर्दै २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित रविन्द्र केसी र पद्मबहादुर विष्टको पद रिक्त भएको जनाएको हो। केसी लुम्बिनी प्रदेशअन्तर्गत मुसिकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष थिए भने विष्ट सोही प्रदेशअन्तर्गत धुर्कोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष थिए।
उनीहरू अन्य दलमा प्रवेश गरेको भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयसहित निर्वाचन आयोगलाई जानकारी गराएको थियो। त्यसपछि आयोगले दुवै जनाको पद रिक्त भएको सूचना सार्वजनिक गरेको हो। स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा सम्बन्धित पद स्वतः रिक्त हुने कानुनी व्यवस्था छ।








