नेपाल क्रिकेट टोलीले ओमानमा दुई अभ्यास खेल खेल्दै, टी-२० विश्वकप छनोटको तयारी

User Image Prime TV News एक दिन अगाडि
Image of नेपाल क्रिकेट टोलीले ओमानमा दुई अभ्यास खेल खेल्दै, टी-२० विश्वकप छनोटको तयारी

काठमाडौ । आगामी टी-२० विश्वकप छनोटका लागि तयारी गरिरहेको नेपाली क्रिकेट टोलीले ओमानमा दुई अभ्यास खेल खेल्ने तय गरेको छ। टोलीले ओमान र कतारसँग क्रमशः शनिबार र सोमबार वार्म अप खेल खेल्नेछ।

ओमान क्रिकेटले सार्वजनिक गरेको तालिका अनुसार, नेपाल र ओमानबीचको पहिलो अभ्यास खेल शनिबार बेलुका पौने ९ बजेदेखि सुरु हुनेछ। त्यसपछि, सोमबार अपरान्ह सवा ४ बजे नेपाल र कतारबीच दोस्रो अभ्यास खेल हुने छ।

नेपालले आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुन लागेको टी-२० विश्वकप छनोट प्रतियोगितामा भाग लिनेछ। समूह चरणमा नेपालले जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोलीमा कप्तान रोहित कुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी लगायत कुशल भुर्तेल, लोकेस बम, सन्दीप लामिछाने, करण केसी लगायतका खेलाडीहरू समावेश छन्।