विदेशी मुद्राको विनिमय दर निर्धारण

User Image Prime TV News एक दिन अगाडि
Image of विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा तोकिएको छ ।

अस्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

त्यस्तै, युरोपियन युरोको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले आवश्यकता अनुसार जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।