नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा, तोलाको २ लाख नाघ्यो


काठमाडौ । नेपालमा सुनको मूल्य ऐतिहासिक रूपमा उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलामा २ लाख ६ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सर्वाधिक हो।
यसअघि बिहीबार सुनको मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँ थियो। एक दिनमै सुनको मूल्यमा १ हजार २ सय रुपैयाँको वृद्धि भएको हो। सुनसँगै चाँदीको मूल्य पनि केही बढेको छ। बिहीबार प्रति तोला २ हजार ३ सय ५५ रुपैयाँ रहेको चाँदी शुक्रबार २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धि, अमेरिकी डलरको भाउमा आएको उतारचढाव, र विश्वभरको आर्थिक तथा भूराजनीतिक परिस्थितिले नेपाली बजारमा समेत असर पारिरहेको व्यवसायीहरू बताउँछन्।