काठमाडौँतर्फ गइरहेका सवारी चितवनमै रोकिए, जवाङ खोलामा पहिरोले सडक अवरुद्ध
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । लगातारको वर्षापछि धादिङको जवाङ खोलामा खसेको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँतर्फ गइरहेका सवारी साधनहरूलाई चितवनमै रोकिएको छ।
पहिरोले सडक अवरुद्ध बनाइरहेकाले सवारीको आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रहरीका अनुसार चितवनको रामनगर क्षेत्रसम्म आएका सवारी साधनलाई नियन्त्रणमा राखिएको छ भने पोखरा तर्फ गइरहेका गाडीहरूलाई मात्र अघि बढ्न दिइएको छ। काठमाडौँतर्फ जान चाहने यात्रुहरूलाई भने प्रतीक्षामा राखिएको छ।
धादिङको जवाङ खोलामा लगातार पहिरो खसिरहेको छ। पहिरो पन्छाएर केही समयका लागि सडक खुलाइएको भए पनि अविरल वर्षाले फेरि जोखिम बढेको र यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै सडक पूर्ण रूपमा नखोलिएको जनाइएको छ।













