आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत

User Image Prime TV News एक महिना अगाडि
Image of आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट स्वीकृत गरेको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेटलाई अन्तिम रूप दिँदै स्वीकृत गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले बजेट वक्तव्य अनुमोदन गरेको हो।

बजेट स्वीकृत भएसँगै अर्थमन्त्री स्वर्णिम वाग्लेले आजै संघीय संसदमा आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्ने तयारी गरेका छन्। संविधानअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ।